बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा एक जना बेपत्ता

काठमाडौँ । बाजुराको छेडेदह तालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन‍्। आइतबार खप्तड छेडेदह गाउँपालिका–४ र ७ मा पर्ने छेडेदह तालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

अचानक तालमा डुंगा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक सुरेश भण्डारीले जानकारी दिए।

डुंगामा सवार अन्य ६ जना पौडी खेलेर सकुशल बच्न सफल भएको उनले बताए। बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ।