६ महिनामा ७ अर्बको चिया तथा कफी निर्यात, आयात कतिको भयो ?

काठमाडौँ - नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँ भन्दा बढीको चिया तथा  निर्यात गरेको छ । 
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार चालस आर्थिक बर्षको पहिलो ६ महिना अर्थात साउनदेखि भदौँसम्ममा ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरकोको कफी तथा चिया लगायतका वस्तु विभिन्न मुलुकमा निर्यात गरेको हो । 

६ महिनामा उक्त मूल्य बराबरको कफी तथा चिया लगायत वस्तु निर्यात गर्दा नेपालले विभिन्न मुलुकबाट ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको कफी तथा चिया आयात गरेको छ । 

६ महिनाको वैदेशिक व्यापार तथ्याङ्क अनुसार नेपालले कृषिजन्य वस्तु तथा अन्य वस्तुहरूमा घाटा ब्यहोरेपनि कफी तथा चियाको व्यापारमा भने नाफा आर्जन गरेको छ । ६ महिनाको अवाधिमा चिया तथा कफीको आयातबाट १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ व्यापार नाफा देखिएको विभागले जनाएको छ । सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने विभागको तथ्यांकमा उल्लेख छ ।