आज ब्रोकाउलीको भाउ घट्दा महँगियो काउली, हेर्नुस् तरकारी र फलफूलको मूल्यसूची

 काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको भाउ घटेको छ भने स्थानीय काउली र ज्यापु काउलीको भाउ बढेको छ ।
यसअघि प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा रहेको ब्रोकाउलीको भाउ घटेर आज ७५ रुपैयाँमा झरेको छ भने स्थानीय काउली ३५ रुपैयाँ रहेकोमा बढेर ४५ रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतिकेजी ४५ रुपैयाँ पर्ने ज्यापु काउलीको भाउ बढेर आज ५५ रुपैयाँ कायम भएको छ । 

ठुलो गोलभेडा, हरियो फर्सी र निबुवा प्रतिकेजी ५५ रुपैयाँ, टनेल गोलभेडा २७ रुपैयाँ ५० पैसा, तराई सानो गोलभेडा ३१ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ, सुकेको प्याज भारतीय ७७ रुपैयाँ ५० पैसा, लोकल गाजर ३५ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, नरिवल बन्दा २५ रुपैयाँ, तराई काउली ४० रुपैयाँ, भन्टा ६५ रुपैयाँ, मटरकोशा ९४ रुपैयाँ, सिमी ४५ रुपैयाँ, टाटे सिमी ५६ रुपैयाँ ६७ पैसा, तितो करेला १२५ रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा र परवर ३५५ रुपैयाँ पर्ने भएको छ ।