गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपतिको प्रतिबद्धता

काठमाडौँ - रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले इजरायल र हमासबीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरे ।

राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताएका छन् ।


यसै बीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान चाहेको उल्लेख गरेको छ । एजेन्सी