उनका याद र संघर्षले रित्तिएको मान्छे...

खै कसरी दिऊँ म आफ्नो परिचय ? कसैले तिम्रो सपना के छ भनेर सोध्दा पनि आजभोली म निशब्द भैदिन्छु। मेरा आँखामा टिलपिल टिलपिल आशु भरिएर आउँछन् । मुटुमाथि ढुङ्गा राखि हाँस्नुपर्या छ भन्ने गित झै यो मन भारी भएको छ । कहिले ति गन्तव्यले तर्साउँछ त कहिले ति पुरा हुन नसक्ने रहरहरूले ...........

जिन्दगी भन्नु के नै पो रहेछ र आफ्नै सपनाहरूको हत्या गरी आफैँ मलामी जानु त रहेछ । बल्ल आएर बुझ्दैछु यो लामो यात्रामा कति कठिनाईहरू आउँदा रहेछन भनेर , दोष कस्लाई दिनु र आफ्नो चित्त दुखाउने म आफैँ भएपछि । न कसैसँग गुनासो गर्न सक्छु न कसैको अगाडी यि आँशु देखाउन नै सक्छु। हुन त समाजले नै उपहारको रूपमा दिएको छ छोरा मान्छे जति नै पिडा भए पनि रूनुहुन्न भनेर , तर अध्याँरो कोठाभित्र बसेर एक्लै रोएको कस्ले देख्छ र ? अरूले देखेको मेरो जिन्दगी र मैले भोगेको मेरो जिन्दगीमा धेरै फरक छ ।अरूले मेरो बाहिरी हाँसो देख्छन् । तर म भित्र भएको पिडा म बाहेक कसैले देख्दैनन्। जब की मेरा आफ्नैले मलाई बुझ्न सकेनन् भने अरू कस्ले बुझ्न सक्छ र ? मैले यसो भनिरहँदा मलाई सुबिन भट्टराईको ईजोरिया किताबमा समावेश भएको एउटा लाईन याद आयो - (मान्छेहरू गए जिबन बाट, कोही बद्लिएर गए कोही बदला लिएर गए मन त तब दुख्यो जब काखमा शिर राखेर रूने मान्छेले नै बदला लिएर गए । ) हो यस्तै भएको छ मेरो जिन्दगी पनि ,मैन बत्ती जस्तै भयो जिन्दगी अरुलाई उज्यालो छर्छु भन्दै गर्दा आफू जलेको पत्तै भएन ।

त्यहि बचपन नै ठिक थियो खुशी भए हाँसिदिन्थे,दुखी भए रोइदिन्थे।अहिले त हाँस्नलाई पनि औकात चाहिन्छ अनि रुन लाई एकान्त चाहिन्छ । जब सानो थिए छिटै ठूलो हुने सपना देख्थेँ तर महसुस आज भयो कि अधुँरो सपना र टुटेको मुटु भन्दा अधुँरो होमवर्क र टुटेको खेलौना नै राम्रो थियो! सोचेको भन्दा धेरै फरक हुदो रहेछ देखेको जिन्दगी त्यो भन्दा नि फरक हुँदो रहेछ आफुले भोगेको जिन्दगी !! अब त यति धेरै कठोर बन्न मन छ कि जुन सुकै कुराहरुले पनि केही फरक नै नपरोस् । हरेक पटक कोसिस गरेर पनि केहि गर्न नसक्दा सँसार छोड्ने कोसिस पनि गरेँ, अनि सम्झिएँ छोराले कमाए पछि एक छाक मिठो खाउँला भनेका मेरा आमबाबुलाई ..... दुइचार थान खुसी, रहर, सपना किन्न सक्ने हैसियत बनाउनु छ बुबाआमाले त्यागेका ती हरेक कुराहरु किन्न सकुँ त्यतीको लायकको बनेर देखाउनु छ ।

कहिलेकाहीँ आफैँले लेख्छु आफैँ भकानिन्छु अनि धेरै बेर पछि सोच्दै भन्छु आफ्नो बाटो हिँड्दा समय बिग्रिएको छ अनि समयको बाटो हिँड्दा म आफैँ बिग्रिएको छु । जिन्दगी आधा भैसक्यो र पनि हलुका गर्न खोजिरहेको छु । तर भारी यसरी भैदियो कि न सुनाउन सक्छु न त,सुन्न नै सक्छु । आखिर एकबार को जुनि यस्तै रहेछ भनेर चित्त बुझाउँछु । पैसा छ त सबै छ ! पैसा छैन त, केही छैन ! विशेषगरी छाेरा मान्छेलाई रित्ताे गाेजिले नै जिवनका अमूल्य पाठहरु पढाउँछ । जुन कुरा कुनै पनि पाठशालामा सिक्न पाईदैँन् । गरिब घरमा जन्मिएपछि अभाबै अभाब मा बाँच्नुपर्छ न त भाग्यले साथ दिन्छ न त अबस्थाले नै..... बित्दै गरेको समय र झर्दै गरेको पात र बदलिदै गएको मान्छेले धेरै कुरा सिकाउदो रहेछ जिन्दगीमा !! के बेचेर किनौँ म यो "जिन्दगीलाई" सबै कुरा त ऋणमा राखिएको छ "जिम्मेवारीको" बजारमा, आफ्नो भनेर कसको विश्वास गर्ने र खै यहाँ ? आफ्नै दाँतले त कायौँ पटक आफ्नै जिब्रो काटेको छ । रहरले बाचेको जिन्दगी अब करले सिध्याउनु छ ।

एकदिन म जीवन देखि गल्नेछु,थाकेर मृत भई ढल्नेछु,धुवाँ मा रुमल्लिएर चिता मा जल्नेछु, झरी मा पनि मज्जाले चिता मा बल्नेछु । सित्तैमा कहाँ सिकेको हो र हरेक परिस्थितिमा मुस्कुराउने कला बदलामा मैले पनि जिन्दगी धितो राखेको छु । तस्बिरमा अनुहारको दाग देखिदैँन भने मुस्कान भित्र लुकेको व्यथा के देख्थ्यो यो दुनियाँले । आफुलाई सक्ने भन्दा बढी सपनाका भारी बोकाएर दुख दिने म नै हुँ ।गुनासो होइन.. एउटा सवाल छ! मैले आफ्नो अस्तित्व गुमाएर आफुलाई पाउन सक्छु या सक्दिन ? कस्लाई सुनाउँदा सुनिदिन्छ आफुले आफुलाई दिएको पीडा , अरुको जिवनको बोझ के बन्थे.. मलाई मेरो जिन्दगी बोझ लाग्ने गर्छ । पहिले जती कहिल्यैँ मुस्कुराउदिन, जति बोल्ने गर्थें आजकल धेरै बोल्दिन, रमाईलो लाग्थ्यो आफ्नाको भिडभाडमा रमाउन आजकल एकान्तमा बस्ने गर्छु, उज्ज्यलो मन पर्नेगर्थ्यो आजकाल अँध्यारो बाट आफुलाई हटाउँदिन । म बाट मेरो जिन्दगी हरायो । ती उत्सब उत्साह र खुसी सबै हराए । रित्तो छु तर पनि आफ्नै बोझ बनेको छु । खाली छु तर पनि अनेकौँ भावनाहरुले भरिएको छु । ।सपनाले जब थिच्यो म एउटा जिउदो लास बनेँ I  सम्झन मन छैन अब त्यो तितो बिगत मलाई‌ ।

सवैको भएर पनि आफ्नो बन्न नसकेको म एकान्तमा छटपट्टाएको को पल ले आजपनी मध्यरातमा निदाउन दिदैँन । खुसी खोज्दा खोज्दै एक्लिएको थिएँ । सबैको बारेमा सोच्दा सोच्दै मैले आफुलाई गुमाएको थिएँ । दुनियाँले सुनाईरहने सहि अनि गलत को पाठ ले बिर्सिसकेको थिएँ मैले आफ्नो मन अनि भावनालाई ! मलाई पछुतो हुन थालेको छ आफ्नै ब्यवहारमा.. म डराउँछु दुनियाँसामु आफू बनेर जिउन I त्यसैले आजकल छोडिदिएको छु समय, मान्छे, व्यबहार सबैलाई ! म यस्तो छु भनेर कसैलाई देखाउनु छैन आफ्नो उद्देश्य मन पराउने मान्छे म सपनालाई बाहेक कसैलाई प्रेम गर्नेछैन । सायद म जितेर हारेको मान्छे.. त्यसैले अब हारेर सफलता लाई जित्नुछ । म संघर्ष गर्न सिक्दै छु.. आँसु लाई बिर्सेर .... सुचना सुनाईदिए सवैलाई यहि बाट..बधाई दिन भो कोही आउनुपर्दैन.. मैले आफुलाई आफैभित्र कैद गरिसकेको छु । सम्बन्ध, साईनो, अनुभव, सब यहाँ हरेक कथा भनि स्वार्थ छापिन्छन्। अङ्गालोले ओत दिएजस्तो भ्रम देखिन्छ बाटो हिड्दा देख्नेले कति सोझो भनेर मुस्कुराउथेँ .. आजकल हिड्छु.. स्वार्थी छ भन्छन.. मेरो सफलता यहि हो यो सोचेर मुस्कुराउँछु ।  मेरो मौनता ले मलाई नै मारिसक्यो । आखिर कति घिसारौँ बे अर्थ को यो सास लाई पनि । कुनै त्यस्ता शब्द छैनन जसले मौनता लाई तोड्न सकोस् ... कुनै त्यस्ता मान्छे छैनन जसले मलाई बुझ्न सकोस्.. छ त बस् यहि शुन्यता....

शुन्यता भित्रको पनि बेग्लै चिच्याहट... उफ !! विश्राम लिन मान्दैनन् आँशुहरु.. निरन्तर बगिरहन्छन नयनबाट , सम्झिन्छु.. सोच्छु.. ओल्टे कोल्टे पर्दै भक्कानिन्छु..। न त कसैको जिवनमा सुन्दर फुल बन्न सकेँ.. न त काँडा बनेर नमिठो याद नै दिएँ.. सुकेको डाठ जसरी कतिन्जेल उभीरहुँ यो बैराग्यता भित्र ? ज्ञान दिनेहरुले साथ दिएनन.. जस्ले केहिपल साथ दिए.. उनिहरुले सम्बन्ध टिकाएनन् न त भावनाहरुको कदर भयो न त मानवताको ।। जताततै छट्पटी मात्र छ। मन मरिसकेको भएर होला , देख्छु भिड सबै जिउँदै मरेकाहरुको मात्र... विकल्प खोजे रङहिन बनेको यो जिवनको, मन ले भन्यो--बस् !! भयो अब बाच्नु छैन । चिता किन्नु छ अस्तित्व मेटाउन, सुत्न को लागि खाट किन्नु छैन ।  यदि हिसाब नै राख्ने हो भने आजसम्म पाउनुपर्ने खुसीहरु बाटोमै कतै अलपत्र भेटिन्छन् । बिकेका छन मेरा तमाम आशाहरु जस्लाई मैले किन्न सकिँन ।धेरै कुरेको हुँ.. आजको भन्दा भोलि राम्रो दिन आउँछ भन्थे ठिक त्यसको बिपरित हरेक नयाँ बिहानमा मैले आँसु को दिन लाई बिउझाएको छु ।। मध्य रातमा पात सलबलाईरहँदा कतै मन को घाउलाई बल्झाईदिने फेरि कोहि त आएनन् भनी डराएर यी आँखा बन्द राख्नेगर्छु । आँसु बगिरहन्छन कस्ले देख्छ र ? गालामा सलबलाईरहने ताता आसुका ढिका मा म शान्ती खोज्दै ओल्टे कोल्टे पर्ने गर्छु । जति सम्हालिएर म हिडेको छु त्यति नै सम्हाल्न नसक्ने गरि मलाई भाग्य ले पछारेको छ । यदि हिसाब नै खोज्छौ भने सुन .. अब बिगतको पन्ना पल्टाउन म आफै मेटिन पर्छ । फगत खरानी र चिता को लागि संघर्ष गरिरहने आट अब थाकिसकेको छ । मैले शहन सिकेको हुँ.. तर अझैपनी बाच्न सकेको छैन । मैले देखाउन छोडेको हु.. तर बाकी रहेको म मा अब केही पनि छैन I  बोलेर नथाक्ने मान्छे म आजकल मौनता मा नै कतै हराउने गर्छु । बोलु त आखिर के भनी बोलु अनि सुनाउ त आखिर कसलाई सुनाउँ सबैको लागि म छु तर मेरो लागि कोहि छैन.. नितान्त एक्लो रात मा चम्किने जुनकिरी जस्तै.. छट्पटाउछु अध्याँरोमा, मुस्कुराउँछु दिनको उज्ज्यलो मा.... आमा भाग्यमानी हुनु भन्थिन अभागी खप्पर लिएर आएछु मैले पिडाको समुद्र मात्र देख्ने गर्छु जताततै ! घर परिवार छन साथमा तर सक्दिन मनको वह पोख्न ,साथी भाइ छन अनगिन्ती खुसी साट्छन उनिहरु सक्दिन म दुख बाढ्न । बलियो बन्छु भन्दाभन्दै म कमजोर बनेको छु ‌। हार मान्दिन भन्दा भन्दै पनि मैले सबैबाट हारेको छु ‌। म हटाउन चाहन्छु सबै यादहरु म मेटाउन चाहन्छु सबै पीडा का ती दागहरु , गर्छु भन्दाभन्दै पनि केही गर्न सक्दिन , लाग्छ आफ्नो भविष्य म आफै मेटाउदै छु ।  जिन्दगी बदल्न भनी निस्केको म.. तघारो आफैँ बनेको छु। आत्मबिस्वास घट्दै छ ।

आमा बा सफलता कुरेर बसेका छन्। म यता सम्स्याहरुलाई अङ्गालेर रुदै बस्ने गर्छु। सानो छँदा देखेका भविष्य आजकल बिमानस्थल मा लाईन लागिरहेको भेट्टाउछु। सानो छँदा देखेका सपना आजकल चिहान खोज्न यततत्र भौतारिरहेको देख्छु ‌। के बन्नु थियो ? कस्तो बनाउनु थियो मलाई जिन्दगी ? सुनसान यहि बन्द कोठामा सिमित भएर बसेको छु अहिले । पाइलैपिच्छे असफलताले अङ्गालिदिन्छ । झार बनी जन्मिएछु , पिडाका बोझले हरपल थिच्ने गर्छ । गन्तव्यमा पुग्नु भन्दा अगाडी नै सफलता विलिन भएझै लाग्छ । कोशिश गरिरहेछु मिहेनत आफै थाक्न थाल्छ । । लक्ष्य चुम्न अघाडी बढेका मेरा पाईला दुखमा पनि मुस्कुराउने सामर्थ्य राख्थे, आजकल निराशा मा नै बस्न बाध्य छन। गन्तव्य भुल्दै छु, सपना बिर्संदै छु । म असमर्थ भएँ हारलाई स्विकार्दै छु ।