आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा बस खस्यो 

काठमाडौँ । तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा बस खसेको छ । 

यूपी ५३ एसटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस भएको बताइएको छ तर पुष्टि भने हुन बाँकी छ ।

बसमा ४० जना यात्रुहरु सवार रहेको बताइएको छ । तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीका अनुसार घाइतेको उद्दार भइरहेको छ ।