पहिरोमा परी मकवानपुरमा ६ वर्षिय बालिकाको मृत्यु  

काठमाडौँ । पहिरोमा परि मकवानपुरमा एक जना बालिकाको मृत्यु भएको छ।

विद्यालयबाट घर फर्कँदै गर्दा  पहिरोमा परि बकैया गाउँपालिका –६ की ६ वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत शुष्मा थिङको घर फर्कने क्रममा पहिरोले पुरिएर मृत्यु भएको विद्यालयका शिक्षक मिलन भोम्जनले बताए।