मुस्ताङमा हिमपहिरो : बोक्सीखोला थुनिएपछि स्थानीयले छाडे बस्ती

काठमाडौँ । मुस्ताङमा हिमपहिरो गएको छ । मुस्ताङको थासाङ्ग गाउँपालिकाको कोभाङ् गाउँस्थित बोक्सीखोला बस्तीमा हिमपहिरो गएको हो ।

पहिरोको जोखिमपछि बस्तीबासीलाई सारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 
पन्तका अनुसार हिमपहिरो बस्तीमाथि खोँचमा अड्किएको छ ।

उनले भने, “९ वटा घर भएको त्यो बस्तीका स्थानीय बासिन्दालाई हामीले अहिले त्यहाँबाट सारिसकेका छौं ।”

हिम पहिरोले बोक्सीखोला थुनिएको छ । खोला थुनिएकाले तटीय क्षेत्रका स्थानीयबासीलाई सतकर्ता अपनाउन आग्रह गरिएको छ ।