जुम्लामा निसास्किएर ११ दिनको सुत्केरी र बहिनीको मृत्यु, बच्चाको अवस्था गम्भिर

काठमाडौँ । जुम्लामा आगोको धुवाले निसास्सिएर ११ दिनको सुत्केरी महिला र उनको बहिनीको मृत्यु भएको छ ।

जुम्लाको पातारासी गाउँपालिका ११ दिनकी सुत्केरी २२ वर्षकी मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकायाको मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ।

सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको हो भने उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

सुत्केरीका लागि सेक्न बालेको आगोको धुवाँमा ती  दिदीबहिनीहरू निसास्सिएका थिए। निसास्सिएर ११ दिनको बच्चासमेत अवस्था गम्भीर छ। 

बच्चाको उपचार अस्पतालको आईसीयूमा भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदीलाल कामतीले बताए।