ओलीको निर्देशनपछि ६ वटा उद्योगको बिजुली जोडिदिने प्राधिकरणको निर्णय

 काठमाडौँ - डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको बिजुली नेपाल विद्युत् प्राधिकरण जोडिदिने निर्णयमा पुगेको छ ।
मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय प्रवक्ता चन्दनकुरमा घोषले  बताए ।

‘मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो’, उनले भने, ‘तर उक्त निर्णयमा सञ्चालक समितिका एकजना सदस्यले हस्ताक्षर गर्न बाँकी छ ।’
बिजुलीको वक्यौता महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलसहित ६ उद्योगको लाइन काटिदिएको थियो ।