चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पोथी गैंडा मृत फेला

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुर्लभ एकसिङ्गे पोथी गैंडा मृत फेला परेको छ।

भरतपुर महानगरपालिका–२६ भगडीमा मंगलबार उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैंडा मृत फेला परेको हो ।

मृत गैंडाको खाग र खुर सुरक्षित रहेको तवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उनले बताए।
यसबारे अन्य अनुसन्धान भइरहेको उनले बताए।