बंगलादेशबाट फर्कने नेपाली विद्यार्थीको संख्या एक हजार नाघ्यो

काठमाडौँ । बंगलादेशबाट फर्कने नेपाल फर्कने विद्यार्थीको संख्या एक हजार नाघेको छ । केही समेदेखि बंगलादेशमा चलेको हिंसात्मक आन्दोलनको कारण नेपाली विद्यार्थी नेपाल फर्किएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, सोमबार (हिजो) मात्र ढाकास्थित नेपाली दूतावासको समन्वयमा १२६ नेपालीलाई स्वदेश फकाईएको थियो । सोमबार ११४ विद्यार्थी सडकमार्ग हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आएका हुन् ।

बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् । आन्दोलन हिंसात्मक बन्दा त्यहाँ १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।