आन्दोलनपछिको बंगलादेशको अवस्थाबारे जानकारी गराउन सांसदको माग  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सांसद मनीष झाले बंगालादेशमा आरक्षणसम्बन्धी विवादमा भएको आन्दोलनपछिको अवस्थाबारे सदनमा जानकारी गराउन माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले उक्त घटनापछिको नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्रमन्त्री डा.आरजु राणासँग आग्रह गरे ।

उनले भने, “नेपालबाट अध्ययन गर्न गएका विद्यार्थी आपत्कालीन अवस्थामा फर्किए । धन्न अहिलेसम्म नेपालीले ज्यान गुमाउनु परेन । तर पनि परिस्थिति कस्तो छ ?,”  “जटिलता आदिको बारेमा आधिकारिक रूपमा सदनमा आएर परराष्ट्र मन्त्रालयले जानकारी गराउनुपर्ने हो । त्यो जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।”