एक घण्टाभित्रै श्रम स्वीकृति दिने तयारीका साथ काम भइरहेका छ : श्रम कार्यालय

काठमाडौँ ।  वैदेशिक रोजगार विभाग  ताहाचलले श्रम मन्त्रीको निर्देशन अनुरुप एक घण्टाभित्र श्रम स्वीकृति दिने गरि काम भइरहेको जनाएको छ । 

 छिटो, छरितो र व्यवस्थित ढंगले  वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा सुधारको प्रयास भइरहेको  बताइएको छ ।

पछिल्लो समय सफ्टवेयरमा समस्या आउँदा दुईरतीन दिनसम्म पनि श्रम स्वीकृति दिन नसकिएको कर्मचारीले बताएका छन् । समयमा श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारीमा जाने कतिपयको जहाज समेत छुट्ने गरेको गुनासो छ ।

यस्तो गुनासो बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालले हिजोदेखि सबै किसिमका श्रम स्वीकृति एक घण्टामा हुने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

निर्देशन र विद्यमान प्रणालीमा गरिएको सुधारअनुसार एक घण्टा या त्योभन्दा कम समयमै श्रम स्वीकृति दिने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ ।