दुई सय १६ किलो गाँजा सहित बारामा एक जना पक्राउ

काठमाडौँ । दुई सय १६ किलो गाँजा सहित बारामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा सोही नगरपालिकाका १३ भक्तलालका २१ वर्षिय लाल बहादुर वाईबा पक्राउ परेका हुन् ।

प्रहरीले बिक्रीका लागी तयार पारिएको गाँजा सहित दुई लाख सात हजार र गाँजा ओसार पसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल समेत बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढ प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

सवारी सहित नियन्त्रणमा लिएको वाईबालाई बारा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।