हाईटेन्सन लाइनको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु

काठमाडौँ । दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–३ मसुरिया स्थित विद्युतको तार चुडिएर घरको आगँनमा पुगि करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय हजुरआमा दिलसरा केसी र उनका चार वर्षीय नाती कृष्ण केसीको रहेको ईप्रका भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए ।

यस्तै ६० वर्षीय गोरखबहादुर केसी गम्भिर घाइते भएकोमा उचारको लागी बुटवल लगिएको छ । नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।