यू-१९ क्रिकेट विश्वकप : नेपालले भोलि पाकिस्तानविरुद्ध एसिया कपमा बदला लिँदै 

काठमाण्डौँ - दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार पाकिस्तानको सामना गर्नेछ । समूह डीमा रहेका नेपाल र पाकिस्तानबीचको खेल इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयअनुसार दिउँसो १:४५ बजेबाट सुरु हुनेछ ।

जारी विश्वकपमा नेपाल र पाकिस्तानले दुवैले आआफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि पहिलो खेलमा नेपालले न्यूजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि सानदार जित हात पारेको थियो ।

सुपर सिक्सको सम्भावना कायम राख्न बुधबारको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्नुपर्ने छ । अर्कोतर्फ नेपाललाई पराजित गरेको खण्डमा पाकिस्तान भने सुपर सिक्समा पुग्नेछ । १६ टिम सहभागी प्रतियोगिताको सबै चार समूहबाट समान ३-३ टिम सुपर सिक्समा पुग्ने तालिका रहेको छ ।

त्यसैले बुधबारको पाकिस्तानलाई पराजित गर्न सकेन नेपालको सुपर सिक्सको सम्भावना कायम रहने छ । त्यतिमात्र नभएर गत डिसेम्बरमा युनाइटेड अरब इमिरेट्स यूएईमा भएको एसीसी एसिया कपको समूह चरणमा भोगेको पराजयको बदला समेत नेपालले लिन सक्छ ।

खासमा यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जित हात पारेको इतिहास छ ।