प्रागको विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १४ जनाको मृत्यु

काठमाण्डौँ  - चेक गणतन्त्रको राजधानी प्रागस्थित एउटा विश्वविद्यालयमा एक व्यक्तीले अन्धाधुन्ध गोली हानी कम्तिमा १४ जनाको हत्या गरेका छन् । घटनामा अन्य २५ जना घाइते भएका छन् । यो घटनालाई आधुनिक चेक इतिहासको सबैभन्दा घातक आक्रमण मानिएको छ ।

राजधानीको ऐतिहासिक चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डपछि २४ वर्षीय बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री पेत्रा फियालाले यो दुःखद घटनापछि आफ्ना आगामी भेटघाट र कार्यक्रम रद्द गरेका छन । प्रहरी प्रमुख र आन्तरिक मन्त्रीले बन्दुकधारी सोही विश्वविद्यालयका विद्यार्थी भएको बताएका छन् ।