विश्वकप छनोटमा अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

काठमाण्डौँ - विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेको छ । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा आज बिहान भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो ।

अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको ६३ औँ मिनेटमा गरेको गोल जितका लागि पर्याप्त बन्यो । योसँगै विश्वकप फुटबलको छनोटमा ब्राजिलले लगातार तीन खेलमा हार व्यहोरेको छ । उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग ब्राजिल लगातार हारेको हो । 

आजको खेल सकिन ९ मिनेट अघि जोयलिङ्टन रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । दुई देशका समर्थकबीच भिडन्त हुँदा निर्धारित समयभन्दा ढिलागरी खेल सुरु भएको थियो ।

आजको जितसँगै अर्जेन्टिनाले १५ अंकसहित छनोट तालिकाको शीर्ष स्थानमा  छ । ब्राजिल आठ अंकसहित छैटौँ स्थानमा छ ।