रुकुम पूर्वमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु 

काठमाडौँ ।  रुकुम पूर्वमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको भूमे गाउँपालिका–९, चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

अरिंगालको टोकाइबाट अर्का एकजना घाइते भएका छन्  ।  घाइते भएका सिस्ने गाउँपालिका–७, नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक  भट्टराईको अनुसार बुधबार साँझ अरिंगाल पोल्ने क्रममा घर्ती र रेउलेलाई टोकेको थियो ।