परराष्ट्रमन्त्री र कोरियाका राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थियोङबीच शिष्टाचार भेटवार्ता भएको छ । 

आज (सोमबार) भएको भेटमा उनीहरुबीच नेपाल कोरिया सम्बन्धको विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री राणालाई बधाई दिएका थिए ।