धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना

 काठमाण्डौँ - अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि अर्थ मन्त्रालयबाट रितेश कुमार शक्यले धितोपत्र बोर्ड हेर्दै आएका थिए । 

रानालाई बोर्डको अध्यक्षको जिम्मेवारी सुम्पिएर शाक्यलाई बजेट निर्माणको जिम्मेवारी प्रदान गरिएको छ ।  

शाक्य बजेट निमार्णमा व्यस्त भएकाले रानालाई बोर्डमा पठाइएको अर्थ मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ । 

रानाले मंगलबार अर्थमन्त्री वर्षमान पुन समक्ष अध्यक्षको कार्यभार सम्हालेका हुन् । धितोपत्र बोर्डको संशोधित नयाँ ऐन अनुसार बोर्ड अध्यक्ष खाली भएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।