पारिश्रमिक नबढाए एसइई परीक्षाको उत्तरपुस्तिका नजाच्ने

काठमाडौँ - विभिन्न शिक्षक संगठनहरूले पारिश्रमिक नबढाए माध्यमिक शिक्षा परीक्षा एसइईको उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघले राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गर्दै यस्तो चेतावनी दिएका हुन् । 

एसइई परीक्षा सकिएर यतिखेर उत्तरपुस्तिका परीक्षणको चरणमा छ ।