भारतको अयोध्यामा आज मोदीले राममन्दिरको उद्घाटन गर्दै

काठमाडौँ । आज भारतको अयोध्यामा बहुप्रतीक्षित राममन्दिर उद्घाटन  हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उपस्थितिमा आज अपरान्ह १२ः२० मा राममन्दिरमा रहेको रामललाको मूर्तिमा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम छ।

राजनीतिक वा धार्मिक भनी विवादित कार्यक्रमको सुरक्षाका लागि १३ हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय मिडियाले जानकारी दिएका छन्।कार्यक्रममा ७ हजारभन्दा बढी पाहुना सहभागी हुँदैछन्।

प्राण प्रतिष्ठा कार्यक्रममको सुरुमा मंगलबार ‘प्रायश्चित’ गरिएको थियो। अहिलेको ५१ इन्च अग्लो मूर्ति मैसुरका कलाकार अरुण योगीराजले बनाएका हुन्। उक्त मूर्तिलाई बुधबार राममन्दिरमा ल्याइएको हो भने बिहीबार आफ्नो स्थानमा राखिएको हो।