यू–१९ साफ च्याम्पियन आजदेखि : पहिलो दिन नेपालले पाकिस्तानसँग खेल्दै

काठमाडौँ - १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज  पाकिस्तानसँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे शुरु हुनेछ ।

नेपालले आज पाकिस्तानसँग लागेको हो । यो खेल दशरथ रङ्गशालामा हुनेछ । नेपालले यो खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल रहेको समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तान छन् ।

त्यस्तै, समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश छन् । नेपालले पहिलो संस्करण सन् २०१५ मा भारतलाई हराउँदै उपाधि जितेको थियो ।