नागढुंगा नजिक पहिरो झरेपछि  दुईतर्फी सवारी आवागमन अवरूद्ध

काठमाडौँ । काठमाडौँको पस्ने मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए ।

‘ढिस्को खसेको छ । पानी परिरहेकाले पन्छाउन पनि समस्या भएको छ । सवारी आवागमन दुईतर्फी नै अवरूद्ध छ,’ उनले भने ।

राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् । कतिपयले वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।