काभ्रेमा पहिरो खस्दा घर भत्कियो

काठमाडौँ । काभ्रेमा पहिरो खस्दा घर भत्किएको छ ।

बुधबार दिउँसो २ बजे मण्डनदेउपुर नगरपालिका-५ डोटेलगाउँ बस्ने ६२ वर्षीय दुर्गाप्रसाद डोटेलको घरमाथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनको दुई तले कच्ची घरमा पछाडिबाट पहिरो खसेर पूर्ण रूपमा क्षति भएको हो । प्रहरीका अनुसार ५ लाख ५० हजार बराबरको क्षति भएको छ ।

घटनामा मानवीय र चौपायको क्षति नभएको प्रहरीले जनाएको छ ।