देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुलेटिन जारी गरी बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको र बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको जानकारी दिएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनएको छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ ।

बुधबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।