सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुन घटेको छ। बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले घटेको छ । चाँदी प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो ।