देशभरका १६ वटा पाँचतारे होटलले गरे नवीकरण, डिलक्स पाँचतारे एउटा मात्रै

काठमाडौँ । देशभर सञ्चालनमा रहेका  १६ वटा पाँचतारे होटलले नवीकरण गरेको पर्यटन विभागले जनाएको छ। पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटलले विवरण अद्यावधिक गराएको हो ।

विभागका अनुसार पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका पाँचतारे होटलहरूमा काठमाडौँका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बाराका १र१ वटा छन्।

झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँच तारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा छ। यो होटल हालसम्मकै एक मात्र पाँच तारा डिलक्स होटल रहेको विभागले जनाएको छ। 

नेपालमा पछिल्लो समयमा पर्यटक आउने संख्यामा वृद्धि हुँदै गएको छ । सन् २०२३ मा विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा १० लाख भन्दा धेरै पर्यटक आएका थिए । पर्यटन क्षेत्रको सम्भावनालाई हेरेर दर्जनौ नयाँ पाँचतारे होटेलहरुको निर्माणमा पनि लगानीकर्ताहरुले लगानी गरिरहेका छन् ।