images

नारायण चौरमा राष्ट्रिय झण्डासँग एमालेको संविधान उत्सव (तस्वीरहरू)

 काठमाडौँ - संविधान दिवसका अवसरमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको नक्सालस्थित नारायण चौरमा एमालेले आयोजना गरेको कार्यक्रममा नेता कार्यकर्ताले राष्ट्रिय झण्डासँग सेल्फी लिएका छन् ।

बुधबार बिहान ७ बजे नारायणचौरमा भएको विशेष कार्यक्रममा सहभागीहरुले राष्ट्रिय झण्डासँग सेल्फी खिचेका छन् । यसअघि नै एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न आह्वान गरेका थिए ।

अध्यक्ष ओलीले असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल्फी विथ नेशनल फ्ल्याग’सहित संविधान दिवस मनाउन आग्रह गरेका थिए। त्यहीअनुसार एमालेका नेता कार्यकर्ता, सर्वसाधारण र विद्यार्थीसहित सयौँजना नारायण चौरमा भेला भएका थिए । बुधबार बिहानैदेखि नारायण चौरमा राष्ट्रिय झन्डासँग सेल्फी खिचाउनेहरुको भिड लागेको थियो। नारायणचौर परिसरमा राष्ट्रिय झण्डासँगै ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । कार्यक्रममा सेल्फी खिचाउने युवा युवतीको भिड लागेको थियो । समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

बुधबार ३ असो २०८० १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया