हृदयघातबाट दक्षिण कोरिया पुगेकी इलामकी २० वर्षिय युवतीको मृत्यु

काठमाडौँ । दक्षिण कोरियामा एक नेपाली युवतीको मृत्यु भएको छ । अध्ययनको लागि ६ महिनाअघि मात्रै कोरिया गएकी  इलाम- १ माई नगरपालिकाकी २० वर्षीया सोनु श्रेष्ठको मृत्यु भएको भएको हो ।

अध्ययनको सिलसिलामा ६ महिनाअघि कोरिया गएकी श्रेष्ठको गत आइतबार मृत्यु भएको हो । उल्सान अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टका अनुसार सोनुको हृदयघाटबाट मृत्यु भएको हो । उनको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

उनी कोरियाको उल्सान नामक विश्वविद्यालयमा अध्ययनरत थिइन् । मृतक सोनुका बुबा लिलाकुमार श्रेष्ठको पनि ३ महिनाअघि वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएको थियो ।

उनको गत जेठमा मृत्यु भएको थियो । मृतक सोनुको घरमा ४५ वर्षीया आमा, बहिनी र भाइ छन् । एउटी दिदीको भने बिहे भइसकेको छ ।