नवलपुरमा तरकारी बेच्न हिँडेका बाबु छोरी चढेको मोटरसाइकल खोलाले बगायो  

काठमाडौँ । नवलपुरको मध्यविन्दुमा खोलाले मोटरसाइकल बगाएको  छ ।

हुप्सेकोट गिरुबारीबाट तरकारी लिएर बेच्न हिडेका बाबुछोरी सवार २८ प ६९५ नं को मोटरसाइकल मध्यविन्दु ९ वसन्तपुरमा रहेको खहरे खोलाले बगाएको हो ।

यद्यपी मोटरसाइकल खोलाले बगाएपनि तरकारी लिएर हिडेको देव बहादुर मगर र उनकी छोरी तुलसी फालमगरको भने नवलपुर प्रहरीले शकुसल उद्दार गरेको छ ।

जिल्ला प्रहरी नवलपुरका अनुसार बाबु छोरीलाई उद्धार गरेर घर पठाइएको र मोटरसाइकलको खोजी भैरहेको छ ।