देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
आइतबार मध्याह्न १२ बजेका लागि देउवाले संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यक्रम छ ।