राजनितिक दलले गरेको दोहनले नै देशमा समस्या बढ्दै गयो : घनश्याम भुसाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महसचिव घनश्याम भुसालले राजनितिक दलले गरेको दोहनको कारण देश समस्यामा परेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबारेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सोही क्रममा बोल्दै उनले अझै पनि देशमा २०र ३० लाख मानिस राज्य दोहन गरेरै बाचेको उनले औल्याए । भुसालले भने, ‘अहिले पनि २०(३० लाख मानिस राज्य दोहन गरेरै बाँचेका छन् जस्तो लाग्छ।’

उनले थपे, ‘राजाले घुस खान परम्पराबाट सिके भन्ने मलाई लाग्छ । हामी एमाले भएर संगत बढ्दै जाँदा कांग्रेससँग सिक्यौं।  हामी दुइटै (कांग्रेस - एमाले) मिलेर माओवादीलाई घुस खान सिकाएका हो भन्ने लाग्छ। किनभने हामीले आफूजस्तै बनायौं।’