सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

काठमाडौँ - नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् ।

अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । स्रोतका अनुसार उनको राजीनामा मन्त्रिपरिषद्ले  स्वीकृति गरिसकेको छ ।