'एमाले–कांग्रेसको गठबन्धन निर्वाचनसम्म जान्छ' : महामन्त्री थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले–कांग्रेस गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । 
शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए । 

एक राजनीतिक दलले कुनै अर्को राजनीतिक दललाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई ठूला दल एक ठाउँमा आएको उल्लेख गर्दै अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्ने बताए ।