आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८९ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ ।  हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो ।

डलरको खरिद दर १ रूपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ भने युरो एकको खरिद दर १४३  रूपैयाँ २९ पैसा र बिक्री दर १४३ रूपैयाँ ६९ पैसा रहेको थियो । यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ ।

यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रूपैयाँ ५७  पैसा र बिक्री दर १६८  रूपैयाँ ४३ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ  २ पैसा र बिक्रीदर  १० रूपैयाँ २५  पैसा रहेको छ ।