ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट  

काठमाडौँ । ताप्लेजुङमा हिजो साँझ आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् ।

जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेको एक सातामा सात वटा घर जलेका प्रहरीले जनाएको छ ।