रौतहटमा ५० केभीए पावरको बिजुलीको ट्रान्सफर्मर चोरी

काठमाडौँ । रौतहटमा बिजुलीको ट्रान्सफर्मर नै चोरी भएको छ ।

चन्द्रपुर नगरपालिका वडा नम्बर १० मा रहेको बाल्चनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बिजुलीको ट्रान्सफर्मर चोरी भएको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए ।

५० केभीए पावरको उक्त ट्रान्समिटर चोरहरूले राखेको ठाउँबाट तल झारी त्यसमा रहेको तामा निकालेर लगेको अध्यक्ष साहले जानकारी दिए ।

बिजुलीको ट्रान्समिटरको भित्र रहेको तामा निकालेर लगि खोक्रो मात्र छोडेका चोर समूहको खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।