बाँकेमा ७ वर्षीया बालिका बलात्कारको अभियोगमा ३५ वर्षीय रावत पक्राउ

काठमाडौँ । बाँकेमा ७ वर्षिय बालिका बलात्कारको अभियोगमा एक जना युवा पक्राउ परेका छन् । शुक्रबार बैजनाथ गाउँपालिका- ५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई  प्रहरीले  नियन्त्रणमा लिएको हो । 

रावतले ती बालिकालाई पुस २५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।