गाजाको अल शिफा अस्पतालमा मानिसको भागदौड, गेटमै ८० जनाको सामुहिक चिहान

काठमाण्डौँ - गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको गेटमै ८० जना भन्दा बढीको सामुहिक चिहान भेटिएको छ । इजरायलले अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स्थिति दर्दनाक बनेको हो । सयौं मानिसहरु अस्पतालबाट भागेका छन् ।

अस्पतालका मेडिकल स्टाफहरुलाई शनिबार अस्पताल छोड्न भनिएको थियो । सयौं मानिसहरु ढुंगामाटोले भरिएको सडक हुँदै भागिरहेको दृष्य देखिएको थियो । उनीहरु बन्दुकको फायरिङबाट बच्दै भागिरहेका थिए ।

 विश्व स्वास्थ्य संगठनले अगुवाइ गरिरहेको यूएन टिमले अल–शिफा अस्पताललाई डेथ जोन भनेको छ । अस्पतालको गेटमा सामूहिक चिहान फेला परेको पनि उसले बताएको छ । त्यहाँ ८० जनाको शव गाडिएको बताइएको छ ।