इजरायल र हमासबीचको द्वन्द्व रोक्न सम्झौता हुँदै

काठमाडौँ - इजरायल र हमास अमेरिकी मध्यस्थतामा युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ । सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ ।

आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धलाई स्थायी रूपमा रोक्नेछ । ६ पृष्ठको लिखित सर्तसहितको सम्झौतामा द्वन्द्वरत पक्षलाई कम्तीमा पाँच दिनको लागि युद्धकार्य रोक्नुपर्ने उल्लेख छ ।

पहिलो पटक ५० भन्दा बढी बन्धकको रिहाइ हुनुपर्ने र त्यसपछिका प्रत्येक २४ घण्टामा त्यसभन्दा कम बन्दक रिहाइ गरिनुपर्ने सम्झौतामा उल्लेख रहेको वासिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै जनाएको छ । गाजामा बन्दी बनाइएका २३९ जनामध्ये कति जनालाई यो सम्झौताअन्तर्गत रिहा गरिनेछ भन्ने स्पष्ट छैन । यो सम्झौताअन्तर्गत गाजामा इजिप्ट हुँदै इन्धन र अन्य महत्वपूर्ण मानवीय सहायता बढ्ने अपेक्षा पनि गरिएको छ ।