ललितपुरको बंगलामुखी नजिकै ग्यास लिक भएर आगलागी

काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ ।

ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन् । आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो ।

त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । अमिरमान बज्राचार्यको तीन तले घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।