सुनसरीमा टाउको छिनाएको अवस्थामा एक पुरुषको शव फेला

काठमाडौँ । सुनसरीको गढी गाउँपालिकामा टाउको छिनाएको अवस्थामा शव फेला परेको छ।

गढी गाउँपालिका– ६ मा बस्दै आएका  ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको छिनाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

गढी–२ थलाहास्थित बालुवा र सिमेन्टको रिङ बनाउने उद्योगमा सोमवार विहान शव फेला परेको हो।  

शव र टाउको अलग–अलग फेला परेकाले उनको घाँटी रेटेर हत्या भएको देखिएको सुनसरीका एसपी विपिन रेग्मीले बताए। हत्या गरिएका ऋषिदेव बालुवा र सिमेन्टको रिङ बनाउने काम गर्दै आएका थिए।