बाग्मतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

काठमाडौँ । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ । 

बिहीबार काठमाडौँमा  भएको  सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

राप्रपाका बाग्मती प्रदेशसभामा १२ प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।