प्रधानमन्त्री ओलीलाई एमालेले दियो महत्वपूर्ण १० बुँदे सुझाव

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महत्वपूर्ण १० सुझाव दिएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी सुझाव दिएको हो ।

 गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ ।