हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य स्थिरको छ। सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको छ।