यातायात सम्पर्क सञ्जाल सुधार गर्न एडीबीले झण्डै ४० अर्व रुपैया ऋण दिने

काठमाडौँ - एसियाली विकास बैंक (एडीबी) ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न ३० करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति त्यो रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग कोरिडोरको हिस्साको रूपमा पूर्व–पश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडीबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।