सबैभन्दा महङ्गो सर्वोत्तम सिमेन्ट, सेयरभाउ बढेर दोब्बर पुग्दै !

 काठमाण्डौँ - आज पहिलो कारोबार भएको सर्वोत्तम सिमेन्टको सेयरभाउमा सकारात्मक सर्किट लागेको छ ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ बढेर ६११.७ रुपैयाँ पुग्दै सकारात्मक सर्कीट लागेको हो । उक्त सेयरमा अहिले उच्च माग रहेको छ भने हालसम्म कुल ४०० कित्ता सेयरको कारोबार भएको छ । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदैछ ।

सर्वोत्तम सिमेन्टले स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल ६० लाख कित्ता आइपिओ जारी गरेको हो । हाल नेप्सेमा सर्वोत्तमसहित सोना, शिवम् र घोराही गरि चार सिमेन्ट कम्पनी सूचीकृत रहेका छन् जसमध्ये सर्वोत्तम सिमेन्ट सबैभन्दा महङ्गो कम्पनी बनेको छ । घोराही सिमेन्ट प्रति कित्ता ५६९, सोनापुर सिमेन्ट ५३० र शिवम् सिमेन्ट ५७३ रुपैयाँमा कारोबार भइरहेको छ ।